काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र एक हजार ४०५ रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।