नवलपुर । मरेका गाईसहित दुई जना तस्कर नवलपुरबाट पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा पिकअप चालक रौतहट गजुरा ७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० वर्षीय ध्रुव कार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा।प्र। ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा सात वटा गाई मरेको र दुई वटा गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
गाई, पिकअप पनि प्रहरीले नियनत्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।