काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले सबै सेवा ठप्प गरेका छ्न । ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन । साउन २ गते विमानस्थल मा सुन बरामद भएको थियो ।
सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरूमाथि धरपकड गरेको उनीहरूको भनाइ छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।