काठमाडौं । मन्त्रीपरिषदको आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
उनका छोराहरु विदेशमा रहेकाले आएपछि मात्रै अन्त्यष्टि गरिने तयारी भएकाले जहिले अन्त्यष्टि गरिन्छ त्यही दिनमा नै सार्वजनिक बिदा दिने निर्णय भएको छ ।