२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो ।

नेपाल प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पोसाक दुरूपयोगका साथै साङ्गठानिक मर्यादाविपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा कतिपयले प्रहरीले व्यावसायिकरूपमा गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवं अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकतानुसार उक्त भिडियोको स्कृप्टसमेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्वस्वीकृति नलिई वा स्वीकृत परियोजन तथा स्कृप्टअनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न।नगराउन, प्रहरी कर्मचारीले व्यावसायिकरूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन÷नगर्न तथा यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैको लागि अनुरोध छ”, प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।