काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार न्यूयोर्क प्रस्थान गर्ने भएका छ्न ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जाने भएका हुन । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने छ्न ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन । यो सङ्गै प्रधानमन्त्रीले त्यहा स्थित विभिन्न कर्यक्रममा भाग लिने र भेटवार्ता समेत गर्ने जनाइएको छ ।