काठमाडौँ । सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहीआएको पर्व तीज भएको उल्लेख गर्दै उहाँले सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन सन्देशमा उल्लेख गर्नुभएको छ ।