काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० ले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० मा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । आइतबार १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।