
काठमाडौँ । शिक्षा मन्त्रालयले बोलाएको बैठकमा नेपाल शिक्षक महासङ्घ नजाने तयारी गरेको छ । शिक्षा मन्त्रालयले सोमबार सुचना प्रकाशित गर्दै वार्ताको लागी बोलाएको थियो । नेपाल शिक्षक महासङ्घले माग सम्बोधन नभए सम्म वार्तामा नजाने जनाएको छ ।
संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासङ्घले भोलि देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ। अन्दोलनको लागी देशभरका शिक्षकहरु काठमाडौँ प्रस्थान गरेका छ्न । शिक्षकहरु काठमाडौँ केन्द्रित भए पछि देशभरका बिधालयमा पठनपाठन प्रभावित हुने भएको छ ।
