
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु काठमाडौं ओर्लिएका छन । शिक्षकहरुले अहिले प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। म माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।
महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघले जनाएको छ । आज पहिलो दिन माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।

सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।