काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा बिधेयक विरुद्ध आज दोस्रो दिन पनि देशभरका शिक्षकहरु आन्दोलनमा होमिएका छन् ।
काठमाडौं केन्द्रित आन्दोलनले काठमाडौं उपत्यका का को सवारी आवगमन प्रभावित भएको छ । मुख्य सडक मात्र नभई भित्री सडकमा पनि सवारी आवगमन प्रभावित भएको हो ।
बानेश्वर देखि माइतीघर सम्म देशभरका शिक्षक सडक नै ढाकेर आन्दोलनमा उत्रिएका छन् । देखि माइतीघर सम्म देशभरका शिक्षक सडक नै ढाकेर आन्दोलनमा उत्रिएका छन् । आज बिहान उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ को अध्यक्षतामा बसेको बैठक पनि निष्कर्ष बिहिन बनेको छ ।
शिक्षकको प्रतिनिधि र सरकार बीच भएको बार्ता मा ठोस निर्णय नभएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले विधेयक फिर्ता नलिए सम्म आफूहरुको आन्दोलन जारी रहने जनाएको छ ।
शिक्षकहरुको आन्दोलनले गर्दा देशभरका सामुदायिक बिधालय को पठनपाठन प्रभावित भएको छ ।