
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गरेका छन्।
सभापति देउवाले गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईँ, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।
