
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन । उनी राष्ट्रपति बनेपछि पहिलो पटक गृहजिल्ला जादै छ्न ।
राष्ट्रपति पौडेल व्यास नगरपालिका-३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि तनहुँको दमौली जाने कार्यक्रम रहेको बताइएको छ ।

तनहुँको दुई स्थानको कार्यक्रममा सहभागी भई राष्ट्रपति पौडेल काठमाडौँ फर्किने कार्यक्रम छ । ।