काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सिफारिस गरेको छ ।
सरकारी वकिलको कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ६० किलो सुन जाँच पासमा संलग्न जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा समेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिएका छ्न ।
छानिबन गर्न भन्दै सरकारी वकिलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।