
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन । १९ औँ एसियाली खेलकुदको तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित राजवंशी घाइते भएको नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएको छ ।
घाइते भएका ललितको आज शल्यक्रिया गर्न लागिएको छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनको सहभागिता अनिश्चित भएको छ ।

१९ औँ एसियाली खेलकुद प्रतियोगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ ।
,