गोरखा । गोरखामा ७० वर्षकी वृद्धा हत्या आरोपमा दुई जना पक्राउ परेका छ्न । आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ ।
गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक रमेशकुमार श्रेष्ठले बताए । घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको छ । पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको श्रेष्ठले बताए ।