
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।
उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका हुन ।
