
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेविरुद्ध मुद्दा आज पनि स्थगित भएको छ ।
आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन ।

सरुवा भएर जानेले मुद्दा नहेर्ने प्रावधान रहेको छ । सरुवा भएर अदालतमा न्यायाधीश उपस्थित भएका छैन्न ।