
काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरु आज पनि आन्दोलनमा छन ।
ऊनीहरुले आज बानेश्वर- माइतीघर सडकमा आन्दोलन चर्काएका छन् । प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्नेलगायत माग राख्दै राहत शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै शिक्षकले आन्दोलन फिर्ता गरेर आजदेखि पठन पाठन सुचारु गर्ने सहमति भएको थियो । तर, राहत र पेन्सन सुविधाबाट वञ्चित शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । आन्दोलनले गर्दा सो सडकको यातायात केही प्रभावित भएको छ ।