काठमाडौं । लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक को मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका वडा नम्बर ५ बालुवाथान घर भई हाल बेँसीसहर नगरपालिका वडा नम्बर ३ रानीकुवा बस्दै आएका २५ वर्षीय मनीष श्रेष्ठ रहेका छन्।
श्रेष्ठले चलाएको ना.४७प ६४६९ नम्बरको मोटरसाइकल गए राती बेँसीसहर नपा– ७ गैरीधारानजिकै रोकिरहेको ग.२त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए। घाइते श्रेष्ठलाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।