काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुगेका छन । जानकी मन्दिर दर्शन गर्न आज राष्ट्रपति पौडेल जनकपुरधाम पुगेका हुन ।
सो अवसरमा महन्त राम तपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिए । राष्ट्रपति पौडेललाई मधेशका मुख्यमन्त्री रामसरोज यादव, जनकपुरधामका मेयर मनोज साह, कांग्रेस नेता विमलेन्द्र निधीलगायतले स्वागत गरेका थिए ।