काठमाडौँ । संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आज पनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरूले बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
उनीहरूले सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौता आफुहरुको माग सम्बोधन नभएको बताएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी माग गरेका छन् ।