काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको छ । चाँदीको मूल्य हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।