काठमाडौँ । सरकार आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । पछिल्लो दिन देशभर का विभिन्न अस्पतालमा चिकित्सकमाथि भएका आक्रमण गर्नेलाई कानुन अनुसार कारबाही गर्ने सहमति भएको छ ।
हिजो मात्रै मणिपाल शिक्षण अस्पतालमा चिकित्सक माथी कुटपिट भए पछी आज काठमाडौंको माइतीघरमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए । आन्दोलन पश्चात् आजै बैठक बसेको थियो ।
आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ ।