काठमाडौँ । काठमाडौँ महानगर र अभियन्ता ईः बीचको वार्ता निष्कर्षविहीन भएको छ ।
फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत अभियन्ता ईः का प्रतिनिधि र महानगर बीच लामो समय सम्म छ्लफल भए पनि निष्कर्षविहीन भएको हो । ईः ले ८ दिनदेखि राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन ।
ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।
महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।