काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ । राष्ट्र बैंक का अनुसार युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।