काठमाडौँ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ८ सय रुपैयाँले घटेर तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घटेको छ । तोलामा १३ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।