काठमाडौं । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकको विरोधमा आज पनि राहत शिक्षकहरु आन्दोलन गरिरहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरु कहिले सुतेर , कहिले सिटि फुकेर बिरोध प्रदर्शन गरिरहेका छन् ।
आज पनि प्रदर्शन जारी छ । शिक्षकको प्रदर्शनले गर्दा बानेश्वर – माइतीघर सडकमा यातायात अवरुद्ध भएको छ ।