
काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त ४ राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन ।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले शपथ लिएका हुन ।

मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरु संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त भएका थिए ।