काठमाडौं । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न निवेदन माग गरेको छ ।
इच्छुक गाउँपालिकाले एम्बुलेन्स मागका लागि निवेदन दिन सक्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए ।
कार्यपालिकाको निर्णय समेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले आर्थिक वर्ष २०८०।८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेको थियो ।