काठमाडौँ । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको सरुवा गरेको छ भने प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको हो ।
प्रहरी निरीक्षक श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिएको भिडियो सन्चारमाध्यमा प्रकाशन भए पछि मन्त्रालयले निलम्बन गरेको हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि आफन्तले डाक्टरको हेलचेक्र्याइँका कारण मृत्यु भएको भन्दै झडपको अवस्था सिर्जना भएको थियो । उक्त विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिँदै डाक्टर कुटेर आएको भिडीयो भाइरल भएको थियो ।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको जनाइएको छ ।
सोही प्रकरण मा सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।