काठमाडौं । उडान नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ ।
प्राधिकरणका अनुसार श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।
भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।
यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।