
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन भएका छन् ।
राष्ट्रिय फुटबल टिमका एक महत्त्वपूर्ण मानिने खेलाडी विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर लागेका हुन् । उनको विदेश पलायन हुनु नेपाली फुटबलकै लागि गम्भीर धक्का हो ।

विमल जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको बताइएको छ ।