काठमाडौं । काठमाडौंमा आज पनि चिकित्सकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले कार्यस्थलमा सुरक्षाको माग गर्दै नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।
विगत केही दिन यता देशका अधिकान्स जिल्लामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सक माथि कुटपिट भएको छ । पछिल्लो जानकारी अनुसार १४ दिनमा ९ जना चिकित्सक माथि नै कार्यस्थलमा कुटपिट भएको छ ।
सरकारले वार्ता गरे पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै आज पनि माइतीघरबाट नयाँबानेश्वर चोकसम्म प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’ नारा का साथ विरोध प्रदर्शन गरेका हुन ।