काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका शिक्षक महेश शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शैक्षिक योज्ञ्ताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपमा कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक शाहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, उत्तर प्रदेश, राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योज्ञ्ताको प्रमाणपत्र झुट्टा भएको अख्तियारको ठहर छ ।