
चीनको हान्झाउमा भइरहेको १९औँ एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहेमा पदक पक्का गर्नेछ ।