
काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ।
प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयक विरुद्ध आन्दोलन गरिरहेका राहत शिक्षकहरु र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीच सहमति भएको हो । सरकार संग ५ बुदे सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्।

वार्तामा शिक्षा मन्त्री अशोककुमार राई र शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत शिक्षकका प्रतिनिधि को उपस्थिति रहेको थियो ।