काठमाडौँ । काठमाडौँमा ५ किलो चरेशसहित दुई जना पक्राउ परेका छ्न ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुङ्गेलले बताए ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्। उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं। को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको ढुङ्गेलले जानकारी दिएका छ्न ।