काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।
नेपाल माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । लगातार दोस्रो खेलमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै नेपाल अन्तिम ८ मा पुगेको हो।
अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।