काठमाडौं । काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट भएको छ।
आज दिउँसो इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडिविरोध प्रदर्शन गरेका छन्।
हातपातको विरोधमा काठमाडौं मेडिकल कलेज अगाडी स्वास्थ्यकर्मीहरुले विरोध गरिरहेका छन । विरोध प्रदर्शनले केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।