काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इन्धनको मुल्य बढाएको प्रति सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छ्न ।
आज प्रतिनिधिसभामा बोल्दै स्वचलित मूल्य भए आयल निगमले मूल्य घट्दा दुई दिनसम्म किन घटाउँदैन भन्दै प्रश्न गरेका छ्न ।
उनले भने “प्रधानमन्त्री भ्रमण गरेर ‘मुड फ्रेस’ गराएर आउनुभयो । आउँदा आउँदै जनताको मुड अफ गराउनुभयो । फेरि मूल्य वृद्धि फिर्ता लिने कुराले मुड फ्रेस बनाउनुभएकोमा धन्यवाद छ । आयल नियम व्यापार गर्छ, बोनस बाढ्छ, अनि घाटामा छु भन्छ । स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला किन यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन ?”