काठमाडौँ । काठमाडौँमा फुटपाथमा व्यवसायीहरूले धन्यवाद र्याली निकालेका छन ।
फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनका लागि केहि दिन अघि अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्याली निकालेका हुन ।
अभियन्ता ईः १ सय ९९ घण्टा उभिएर विरोध जनाए पछि ९ औ दिनमा मेयर बालेन शाहको अग्रसर्तामा सहमति भएको थियो । फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।
जसको स्वागत गर्दै व्यवसायीहरूले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन ।