काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छ्न ।
एक करोड १७ लाख एक हजार सात सय एकासी रुपैयाँ पचासी पैसा मूल्य बराबरको सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।