काठमाडौँ । पाोखराबाट सुर्खेत जाँदै गरेकाे ग १ ख ८४८५ नम्बरको बस दाङमा बस दुर्घटना भएको छ ।
दाङको लमही नगरपालिका-४ बगइसाेतामा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर घाइते भएकाहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटना आज विहान ५ बजेको समयमा भएको हो ।