काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टाेलीकाे घोषणा गरेको छ । क्यानले कात्तिकको १ गते देखि शुरु हुने नेपाल, हङकङ र यूएईबीच हुने शृङ्खलाका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
घाइते भएका कारण एसियाली खेलकुद खेल्न नपाएका ललितनारायण राजवंशी टिममा फर्किएका छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादव र अविनाश बोहरा पनि टोलीमा छन् ।
सन्दीप लामिछाने ले यस अघि नै आगामी खेलहरु नखेल्ने घोषणा गरिसकेका छन् ।