काठमाडौं । चीनमा पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन । गृहमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन ।
गृहमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको हो । उनी उपचाररत छ्न ।