उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।
छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । अस्पताल पुगेलगतै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।