काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन ।
राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोट जारी गर्दै यस्तो जनाएको हो । शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख छ ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरू तथा विशिष्ट व्यक्तिहरू रहनेछन ।