काठमाडौँ । काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।
केन्द्रीय अनुगमन समितिले काठमाडौँको एक पेट्रोल पम्प सिल गरेको छ । समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हो ।
अनुगमन टोलीले मङ्गलवार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।