काठमाडौं । नेपाली फास्ट बलर अविनाश बोहराले टी-२० आई क्रिकेटमा ५० विकेट पूरा गरेका छन ।
टी-२० त्रिकोणात्मक श्रृंखला अन्तर्गत हङकङ विरुद्धको खेलमा विकेट लिएपछि बोहराले ५० विकेट पूरा गरेका हुन ।
अविनाशले १७औं ओभरको तेस्रो बलमा विकेट लिएका थिए । अविनाश टी-२०आईमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली बलर हुन । यसअघि सन्दीप लामिछाने ८९ विकेट र करणले केसीले ६९ विकेट लीसकेका छन ।